पूर्वक्रिकेटर सलिम दुरानीको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । चैत १९, भारतका पूर्वक्रिकेटर सलिम दुरानीको आइतबार निधन भएको छ ।
लामो समयदेखि बिमारी भएका दुर्रानीको आइतबार बिहान निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको हाे । आफ्नाे पालामा अलराउण्डर क्रिकेटरको पहिचान बनाएका दुरानीको आइतबार ८८ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण दुरानीलाई सबै भन्दा बढी सम्झना गरिन्छ । पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सोही खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।
भारतको गुजरातस्थित आफ्नो भाइको घरमा दुरानी बस्दै आएका थिए । गत जनवरीमा दुरानीको तिघ्राको हड्डीको अपरेशन गरिएको थियो ।