दार्चुलाका जनप्रतिनिधिले बन्द तिङ्कर नाका खुलाउन ज्ञापन पत्र बुझाए

सहयात्रा टिभी

काठमाडौँ । चैत १९,  कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै दार्चुलाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

तिङ्कर नाका सञ्चालनको मागका साथै तिङ्कर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्यास गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो।

दार्चुलाको तिङ्कर नाका भएर सदियौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । तिङ्कर नाका सञ्चालन नहुँदा दार्चुलाको व्यास क्षेत्रका बसोबास गर्नेहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ।

 

प्रकाशित : 2 April, 2023

प्रतिक्रिया दिनुहोस्