गृहमन्त्री श्रेष्ठले मिटरब्याजको समस्या स्थायी रुपमै समाधान गर्ने

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने र मिटरब्याज पीडितको समस्या स्थायी रुपमा समाधान गर्ने अधिकारसहित जाँचबुझ आयोग गठन गरिएको बताए ।

यसपटक मिटरब्याज पीडितसँग समग्र समस्या समाधान गर्ने गरी सहमति गरिएको र मिटरब्याज पीडित पनि सन्तुष्ट भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

मिटरब्याजको समस्याका विषयमा जाँचबुझ आयोग ऐन अनुसार आयोग गठन गरिएको उनले बताए । त्यस्तै हरेक जिल्लामा जिल्ला प्रशासन, सुरक्षा निकाय, मालपोत कार्यालय र मिटरब्याज पीडितको प्रतिनिधित्व रहने गरी समन्वय संयन्त्र बनाउने पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

मिटरब्याज शोषणको भद्दा र विकृत रुप भन्दै उनले यसबाट पीडितलाई मुक्त गर्ने र यो समस्या स्थायी रुपमा समाधान गर्ने गरी सरकार अघि बढेको श्रेष्ठले बताए ।

 

 

प्रकाशित : 2 April, 2023

प्रतिक्रिया दिनुहोस्