तातोपानी र हिल्सा नाका पनि वैशाख १८ देखि खुल्ने

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, चीनको तातोपानी र हिल्सा नाका पनि पुर्ण रुपमा खुल्ने भएको छ । नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको जनाएको छ ।

१५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । अब सबै नाका खुल्दै जाने मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा।नारायणप्रसाद रेग्मीले बताए ।

नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे ) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।

चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए ।

 

 

प्रकाशित : 2 April, 2023

प्रतिक्रिया दिनुहोस्