नेप्से आज २० अङ्कले घटेर राताम्मे

काठमाडौँ । चैत १९, हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
नयाँ अर्थ मन्त्री डाक्टर प्रकाशशरण महतले जिम्मेवारी सम्हालेपछि खुलेको पहिलो कारोबारमा बजार घटेर राताम्मे भएको हो ।
शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ ।
आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।