आगलागी बाट कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टर क्षतिग्रस्त

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, आगलागीबाट कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ ।

आगलागी हुँदा ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा सात वटा चारपाङ्ग्रे गाडी जलेका छन् । यस्तै, तीन वटा स्कुटर र तीन वटा मोटरसाइकल पनि जलेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

बिहान पौने ५ बजेतिर लागेको आगो सवा ५ बजेतिर निभाइएको थियो । विद्युत् सर्ट भएर आगलगाी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्