एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरे

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, नेकपा एमालेबाट सर्वेन्द्र खनालले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेको जानकारी प्राप्त भएको छ ।

 

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्