रविलाई मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता भएको जानकारी प्राप्त भएको छ ।

लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

अधिवक्ता सफलले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरेका हुन् । रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

 

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्