दिल्ली रेल्वे स्टेशनबाट ७ नेपाली बालबालिकाको उद्धार

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको जानकारी प्राप्त भएको छ ।

एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरु, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरुले बालबालिकाहरुको उद्धार गरेका हुन् ।

समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म २४ सै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए ।

उनले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरै दिल्ली पुग्ने गरेको बताए । बालबालिकाहरु घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरुले बताए ।

 

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्