बंगलादेशको राजधानी ढाकामा आगलागी

एजेन्सि । चैत २१, बंगलादेशको राजधानी ढाकामा आगलागी भएको छ । ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा लागेको आगो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन ।
हेलिकोप्टर, अग्नि नियन्त्रक र दमकलले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको हो । बङ्गबजारमा आगो नियन्त्रणमा लिँदा पानीको अभाव भएको छ । यो बजार गार्मेन्ट उत्पादन र विभिन्न प्रकारका कपडाका लागि परिचित छ ।
बंगलादेश सेनाको संयुक्त सहयोग टोली, बंगलादेश वायुसेनाको एक सहयोगी टोली र एक हेलिकोप्टर बाङ्गबजारमा आगो नियन्त्रणमा मद्दतमा खटाइएको इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएको छ । आगलागीबाट अहिलेसम्म मानवीय क्षति भएको खबर भने प्राप्त भइसकेको छैन ।