उपनिर्वाचनमा गठबन्धनको ५ दलमात्र एक हुदै

सहयात्रा टिभी

काठमाडौं । चैत २१, १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ १० दलिय गठबन्धनमा ५ दलमात्र एक हुदै अन्य दल विभाजित भएको जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरुलाई साथ दिएका छैनन् ।

५ दलले मंगलबार विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

जसमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले हस्ताक्षर नगरेको जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित : 4 April, 2023

प्रतिक्रिया दिनुहोस्