माओवादी पदाधिकारीको बैठक बस्दै
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौँ । चैत २२, नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ ।

आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।


