सगरमाथा चढ्ने अनुमति पाएका दुवै खुट्टा नभएका बुढामगरको साहस

सहयात्रा टिभी

काठमाडौँ । चैत २२, दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा  चढ्ने अनुमति पाएक छन् ।

पूर्व गोरखा सैनिक हरि बुढामगर  ठुलो साहसका साथ आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । उनी कृतिम खुट्टाको सहायताले हिँडडुल गर्छन् ।

शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए ।

रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले सन् २०१० मा अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । उनका घुँडाभन्दा तलका भाग छैनन् ।

दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । सगरमाथाको आधार शिविरबाट उनले स्काइडाइभिङ पनि गरेका थिए ।

पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्ने अनुमति पाएको बताउँदै उनले आफ्नो आरोहणको समय दुई महिनाको हुने जानकारी दिए ।

 

 

प्रकाशित : 5 April, 2023

प्रतिक्रिया दिनुहोस्