वैशाख १० को उपचुनावका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित

सहयात्रा टिभी

काठमाडौं । चैत २३, आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने स्रोतले जनाएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहने छ ।

 

अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । यो समयमा उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता गर्न सक्नेछन् ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपचुनावको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । चुनाव हुनु ४८ घण्टा अगाडिसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छन् । उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि हिजो जाँचबुझ गरिएको थियो ।

चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेका उजरी खारेज भएका छन् । उजुरी खारेज भएपछि उहाँको उम्मेदवारी कायमै छ । आउँदो बैशाख १० गते चितवन २ सहित तनहुँ १ र बारा २ मा चुनाव हुँदैछ ।

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्