साउदीमा नेपालीका लागि राहदानी सेवा प्रदान गर्न शिविर सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । चैत २३, साउदीको रियाद सहरभन्दा टाढा टाढाको स्थानमा कार्यरत नेपालीहरूका लागि पायक पर्ने स्थानबाटै राहदानी सेवा प्रदान हुने भएको छ ।

दूतावासभन्दा टाढाको स्थानमा रहेका नेपाली श्रमिकहरूलाई राहदानी बनाउनकै लागि दूतावास धाउन समस्या हुने गरेको भन्दै उनीहरूलाई पायक पर्ने स्थानबाट राहदानी सम्बन्धी सेवा दिने तयारी गरिएको दूतावासले जनाएको छ ।

अप्रिल २८ / २९ का दिन दूतावासले साउदीको अल फैसलिया दमाममा राहदानीको आवेदन सङ्कलन शिविर सञ्चालन गर्ने भएको छ ।

साउदी अरबको पूर्वी क्षेत्रको दमामको अल असेम रेष्टहाउस फर फेस्टिभल, अल फैसलियामा शिविर राख्ने दूतावासले जनाएको छ राहदानीको आवेदन बिहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म सङ्कलन हुने छ ।

दूतावासको शिविरमा आवेदन बुझाउन जाँदा अनलाइनमार्फत प्रि इनरोल गरेको बारकोडयुक्त फारम लैजानु पर्छ । अनलाइनबाट फारम नभरी सिधै शिविरमा जाँदैमा राहदानीको आवेदन दिन पाइँदैन । यस्तै सक्कल राहदानी पनि साथमा लग्नुपर्छ ।

राहदानीमा फोटो भएको पेज र पेज नम्बर ३१ को फोटो कपी गरेर लैजान पर्छ । यस्तै हराएको राहदानी नवीकरण गर्नु पर्ने हो भने प्रहरी रिपोर्ट वा कम्पनीले दूतावासलाई सम्बोधन गरेर लेखेको पत्र पनि साथमा लैजान पर्छ ।

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्