एसईई दिने २०१ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । चैत २३, माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने २०१ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बिहीबार १९९ जनालाई पक्राउ गरिएको बताए ।
बुधबार दुई जना पक्राउ परेको उनले बताए । प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १२७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।
सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १२७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो परीक्षा केन्द्रमा २९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए। परीक्षा दिने मध्ये झण्डै आधा परीक्षार्थी पक्राउ परेका हुन्।