प्रधानमन्त्रीहरूले विदेशीसँग ऋण मागेको पैसा कहाँ गयो ? ज्ञानेन्द्र शाहीले

सहयात्रा टिभी

काठमाडौं । चैत २३, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले विदेशीसँग प्रधानमन्त्रीहरूले विदेशबाट ऋण मागेको पैसा कहाँ गयो ? भन्ने जवाफ माग्नु भएको छ ।

ऋण ल्याएको ल्यायै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ अहिलेसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले भन्नुभयो, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ हरेक दिन बेरोजगारी बढेको बढेकै छ ।

त्यो पैसा कहाँ गयो ? यो पैसाको एक–एक हिसाबकिताब अहिलेका प्रधानमन्त्रीहरूले र आजसम्म भएका प्रधानमन्त्रीहरूले  जवाफ  दिनुपर्छ ।

सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै सङ्घीयताको विरोध गर्नुभयो । उहाँले सङ्घीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको टिप्पणी गर्नुभयो । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँको भनाइ छ ।

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्