गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्ने ओलीको आशंका

सहयात्रा टिभी

काठमाडौं । चैत २३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् ।

‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन’ अध्यक्ष ओलीले भने ।

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्