सभामुखद्धारा सांसदहरुलाई संसदीय मर्यादा ख्याल गर्न आग्रह

काठमाडौं । चैत २३, सभामुख देवराज घिमिरेद्धारा सांसदहरुलाई सदनको बैठकमा ख्याल गर्नुपर्ने संसदीय मर्यादा सम्झाउदै आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदनलाई मर्यादित ढंगले सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख घिमिरेले सांसदहरुलाई संसदीय मर्यादा ख्याल गर्न आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका सांसद दाहालले भनेका थिए, कमसेकम यो सदनको मर्यादालाई, भूमिकालाई, अब्बलतालाई, श्रेष्ठतालाई कायम राख्ने गरी नै यो सदन सञ्चालन गर्न म सम्माननीय सभामुख महोदयज्यूलाई हार्दिक अपील गर्दछु ।’
त्यसपछि सभामुख घिमिरेले सांसदहरुलाई संसदीय मर्यादा सम्झाएका हुन् । उनले आफ्ना भनाइ राख्दा मर्यादित भाषा प्रयोग गर्न आग्रह गरे, प्रतिनिधिसभा नियमावलीको नियम २०७९ को दफा २१ स्मरण गराए ।
सभामुख घिमिरेले भनेका छन्, ‘सदनमा भनाइ राख्दा प्रतिनिधिसभा नियमावलीको नियम २१ तर्फ ध्यान आकृष्ट गर्न चाहन्छु । नियम २१ को खण्ड ‘घ’ लाई ध्यानमा राखेर अभिव्यक्ति दिनुहुन अनुरोध गर्दछु ।’