केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विमलले इन्जुरी टाइममा गोल गरेपछि १-१ को बराबरी

सहयात्रा टिभी

काठमाडौं । चैत २३, विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग हार टार्दै १-१ को बराबरीमा खेल सक्कीएको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा दुवै गोल खेलको अन्त्यतिर भएको थियो । हार नजिक पुगिसकेको मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा ओभरहेड कि गोल गर्दै खेल बराबरी गरे ।

भुटानी कप्तान चेन्चो ग्याल्सेनले यसै खेलबाट मछिन्द्रका लागि खेल्दै ए डिभिजन लिगमा डेब्यु गरे । जारी लिगमा मछिन्द्रको यो तेस्रो बराबरी हो ।

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्