केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत २४, सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् ।

अपराह्न २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।

यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अङ्क जोडेर चौथो स्थानमा छ भने ५ खेलबाट ४ अङ्कका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ ।

 

प्रकाशित : 7 April, 2023

प्रतिक्रिया दिनुहोस्