आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । चैत २४,आज विश्व स्वास्थ्य दिवस, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ ।

स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो ।

नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, निस्शुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ । कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि समेत अभाव छ ।

निस्शुल्क पाइने औषधि समेत नागरिकले महंगोमा किन्नु पर्ने बाध्यता छ ।

प्रकाशित : 7 April, 2023

प्रतिक्रिया दिनुहोस्