सभामा सरकारले नसुनेको विरोधमा रास्वपा सांसदद्वारा मौनधारण

काठमाडौं । चैत २४, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण व्यक्त गर्नु भएको छ ।
सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले त्यस समय मौनधारण गरेर व्यतित गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद १’
प्रतिनिधि सभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । त्यही समयमा बोल्न उभिनुभएका सांसद ढकालले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय,।।।’भनेर मौन बस्नुभयो । र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नुभएको थियो ।