गैरीगाउँका सुकुम्बासीले महानगरको डोजरलाई बाटो छेके

सहयात्रा टिभी

काठमाडौं । चैत २४, काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबास गरीरहेका सुकुम्बासीले काठमाडौं महानगरपालिकाको डोजरलाई बाटो छेकेको जनाएको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो ।

बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदि किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकामा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

 

प्रकाशित : 7 April, 2023

प्रतिक्रिया दिनुहोस्