सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय सागर ढकाल पक्राउ

काठमाडौं । चैत २४, नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको आरोपमा एकजना पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।
उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन ।
ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।