गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

महोत्तरी । चैत २५, गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबासस्थित पूर्व-पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका बस्ने ३० वर्षीय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।
विपरीत दिसाबाट आएको प्र.२ ०४-००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एक-आफसमा ठोकिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाई थप अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ ।