सन्दीप विरुद्ध मुद्दामा अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको खुलासा

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ ।

यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।

‘गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटियो’, जिल्ला अदालत स्रोतले भन्यो, ‘त्यो थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको छ ।’

स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भने बिदामा छन् । साथै अर्को एकजना व्यक्तिको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।

आइतबार भने दुईजनाको बकपत्र छुटेकाले त्यसलाई समेत समावेश गर्नु भनी इजलासले आदेश गरेको हो । अर्को पेशी तोकिएको छैन ।

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्