प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । चैत २७, पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा सुरु हुने जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको जनाएका छन् ।
गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।