राष्ट्रिय सभाबाट २ वटा विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । चैत २७, राष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपक्षी मन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक २०७८/७९ प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही चैत ३० गते बिहीवार दिउँसो बस्नेछ ।