अमेरिकाको केन्ट सहरमा गोलाबारी, ५ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । चैत २८, अमेरिकाको केन्ट सहरमा गोलाबारी हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा होमस एलियट (६३), जेम्स टट (६४), जोशउवा बेरिक (४०) र जुलियना फामर (४५) रहेका छन्।
घटना स्थानीय समयअनुसार बिहान ८:३० बजे पुरानो नेसनल बैंकनजिक घटेको हो। गोली चलाउने व्यक्ति २३ वर्षीय कन्नर स्टर्जन रहेको खुलेको छ। उनी गोलाबारीसहितको लाइभ इन्स्टाग्राममा आएका थिए।
गोली प्रहार हुन थालेपछि प्रहरीको जवाफी कारवाहीमा उनी पनि मारिएका छन्। बैंकले दिएको जानकारीअनुसार आक्रमणकारी त्यहाँका पूर्वकर्मचारी थिए।
गत वर्ष मात्रै बैंकको पूर्णकालीन कर्मचारीका रूपमा उनी त्यहाँ आवद्ध भएका थिए। घटनाको कारण खुलेको छैन। अमेरिकामा सर्वसाधारण मारिनेगरी सार्वजनिक स्थानमा गोलाबारीका घटना पछिल्लो समय बढ्दै गएका छन्।
दुई साताअघि मात्रै अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको थियो।
सन् २०२३ को सुरुका तीन महिनामा मात्रै अमेरिकामा सार्वजनिक स्थानमा गोलाबारी हुँदा १४२ जना सर्वसाधारण मारिएका छन्।
गैरनाफामुलक संस्था ‘गन भ्वाइलेन्स आर्काइभ’ले प्रहरीको तथ्यांकको आधारमा बनाएको प्रतिवेदनअनुसार सार्वजनिक स्थानमा हुने यस्ता गोलाबारीमा औषतमा ४ जना सर्वसाधारण मारिएका छन्।