कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरे

काठमाडौ । चैत २८, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेको जानकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री कार्कीसँग तीनवटा घर छन् भने उनले शिक्षा, स्वास्थ्य र हाउजिङमा लगानी गरेका छन् । यसैगरी अर्का मन्त्री जीवन आचार्यले उल्लेख गरेको सम्पत्ति विवरण हेर्दा उनी पनि धनाड्य देखिन्छन् ।
मोरङको बुढीगंगामा पर्याप्त जग्गा उल्लेख गरेका उनीसँग दुईवटा घर, २० तोला सुन, ४५ लाख बैंक ब्यालेन्स छ ।
यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सम्पत्ती विवरणमा आफ्नो घर रहेरनरहेको केही पनि उल्लेख गरेका छैनन् । तर उनले आफूसँग ५० तोला सुन र ५०० तोला चाँदी रहेको विवरण पेस गरेका छन् ।