गृहमन्त्री श्रेष्ठद्धारा नागरिकता विधेयकलाई छिट्टै अगाडि बढाइने 

सहयात्रा टिभी

काठमाडौँ । चैत २८,गृहमन्त्री श्रेष्ठद्धारा नागरिकतासम्बन्धी विधेयकलाई छिट्टै अगाडि बढाइने जानकारी प्राप्त भएको छ ।

 

देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न नसकिने भन्दै गृहमन्त्री श्रेष्ठले संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाइने बताएका हुन्।

मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले आफूले गृहमन्त्रीको रूपमा कार्यभार सम्हालेदेखि नै संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाइने बताउँदै आएको उल्लेख गर्दै नागरिकतासम्बन्धी केही विषयमा भने राष्ट्रिय सहमति गर्ने बताए।

गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको स्वीकार गर्दै एक दुई दिनमै अर्थतन्त्रका समस्या पहिचान गरी त्यसको समाधानको उपाय अपनाउने गरी सरकार अघि बढेको दाबी गरे।

मन्त्रिपरिषद्ले पूर्णता पाउन केही समय लागेकाले मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही ढिलाइ भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्