प्रधानमन्त्री निवास, शीतल निवास र सिंहदरबारको फोहोर आज पनि उठेन

काठमाडौँ । चैत २९, तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री निवास, शीतल निवास र सिंहदरबारको फोहोर नउठाएको बुझिएको छ ।
मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।
काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले फोहोर उठाउनको लागि मेयर, उपमेयर र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूसँग कुरा हुन लागेको जनाएका छन् ।
गत शुक्रबार बसेको बोर्ड बैठक र अन्य बैठकमा समेत बालेनले कुनै छलफल नगरेको कारण फेसबुकमा लेखेको फेसबुकको स्ट्याटसलाई कतिको आधिकारिक मान्न सकिने उपमेयर सुनिता डंगोलले बताइन्। सदन र मन्त्रिपरिषदमा समेत नउठेको कारण महानगर कार्यपालिका बैठक पनि छिट्टै बस्ने तयारी गरिरहेको उनले बताइन्।