नेपाली सेनाद्धारा बैशाख ७ गते बुटवल पुग्ने गरि गोरखाबाट यात्रा शुरु

सहयात्रा टिभी

काठमाडौँ । चैत २९, नेपाली सेनाले ऐतिहासिक गोरखा दरबारदेखि बैशाख ७ गते बुटवलको जितगढीसम्म पुग्ने गरि पदयात्रा थालेको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर २०७५ सालदेखि गोरखा दरबारबाट काठमाण्डौसम्म एकीकरण पदयात्रा गर्दै आएको सेनाले पश्चिमतर्फ बुटवलको जितगढीसम्म पनि पदयात्रा गरेको हो ।

अंग्रेजलाई पराजित गरेको दिनको स्मरण गर्दै बुटवल उपमहानगरपालिकाले बैशाख ७ गतेलाई जितगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ ।

सोही दिन बुटवल पुग्ने गरि गोरखाबाट यात्रा शुरु गरिएको गोरखामा रहेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताउनुभयो ।

नेपाल एकीकरणको उद्गम थलो गोरखा र अर्को ऐतिहासिक स्थल जितगढीलाई जोड्ने गरि पदयात्रा गरिएको उहाँले जानकारी दिनुभयो । गोरखा दरबारबाट शुरु भएको पदयात्रा गोरखाको छेवेटार, बिर्दी, शेरा, पौवाटार, सतिघाट हुँदै तनहुँ पुग्नेछ ।

तनहुँबाट स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पदयात्रा जीतपुरगढी पुग्नेछ । गोरखामा पदमार्गमा पर्ने गोरखा नगरपालिका र पालुङटार नगरपालिका तथा अन्य जिल्लाका पालिकाहरुको सहकार्यमा पदयात्रा गरिने गणपति बिष्टले जानकारी दिनुभयो ।

 

 

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्