कांग्रेसमा मन्त्रीबन्नेहरुको भागवण्डा टुंगियो

सहयात्रा टिभी

काठमाडौँ । चैत २९, नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको भागवण्डा लगभग टुंगिएको जानकारी प्राप्त भएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

 

सत्तारुढ दलहरुबीच भएको भागवण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागवण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो ।

शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाएका थिए ।

स्रोतका अनुसार थप एउटा मन्त्री लिएर भागवण्डा टुंग्याउने प्रयास भइरहेको छ । अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् ।

साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन् । डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुची देखाएका छैनन् ।

 

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्