वर्षको अन्तिम दिन पनि टिकेन नेप्से २९ अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । चैत ३०, आज बिहीवार वर्षको अन्तिम दिन पनि टिकेन नेप्से २९ अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज (वर्ष २०७९ को अन्तिम दिन) २९ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ४८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।
दुई सय ७० वटा कम्पनीका ४९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।