केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षको अन्तिम दिन पनि टिकेन नेप्से २९ अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०,  आज बिहीवार वर्षको अन्तिम दिन पनि टिकेन नेप्से २९ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज (वर्ष २०७९ को अन्तिम दिन) २९ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय ७० वटा कम्पनीका ४९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्