सिरिया र साउदी अरेबिया बिच कुटनीतिक सम्बन्ध पुनःस्थापना

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, सिरिया र साउदी अरेबिया बिच ११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत भएका छन् ।

द्विपक्षीय सम्बन्ध वर्षौँदेखि अलपत्र परेकोमा हिजो बुधवार एक संयुक्त विज्ञप्तिमा निकालेर दुवै देशले कन्सुलर सेवा र उडानहरू सुरु गर्न सहमति जनाएका हुन् ।

सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएयता पहिलो पटक सिरियाली विदेशमन्त्री फैसल मेकदादले हिजो साउदी अरबको भ्रमण गरेपछि यो घोषणा आएको हो ।

सिरियाली विदेश मन्त्रालयका अनुसार दुवै देशमा कन्सुलर सेवा स्थापना गर्ने, दुईतर्फी उडान सुरु गर्ने र आतङ्कवाद विरोधी प्रयासहरू बढाउन सहमति भएको छ ।

यो सहमतिले युद्ध कम गर्न, युद्धका असरलाई न्यूनीकरण गर्न, राष्ट्रिय मेलमिलाप हासिल गर्न र सिरियालाई अरब परिवेशमा फर्काउन योगदान पुर्‍याउनेछ ।

 

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्