केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबैभन्दा धेरै बेरूजु अर्थ मन्त्रालयको देखियो

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको देखिएको तथ्यंक प्राप्त भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको जानकारी प्राप्त भएको छ ।

संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ ।

अन्य मन्त्रालय र संघीय निकायको एक वर्षमा ५ अर्ब ६३ करोड बेरुजु थप भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्