संसारको सबैभन्दा सानो जीवित कुकुर गिनिज बुकमा दर्ज
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । चैत ३०,साढे दुई वर्ष उमेरको एउटा पोथी कुकुर संसारको सबैभन्दा सानो जीवित कुकुरको रुपमा गिनिज बुकमा दर्ज भएको छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार पर्ल नामको सो चिहुआहुआ कुकुर ९.१४ सेन्टिमिटर अग्लो छ भने १२.७ सेन्टिमिटर लामो छ । पर्लको जन्म सन् २०२० को सेप्टेम्बर १ मा भएको हो ।
यो कुकुर एउटा टेलिभिजनको रिमोट भन्दा पनि सानो आकारको छ र एउटा डलर नोट जत्तिकै मात्र लामो छ ।
गिनिज वर्ल्ड रेकर्डसले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा गत अप्रिल १० मा पर्लको तस्वीर पोस्ट गर्दै लेखेको छ– संसारकै सबैभन्दा छोटो कुकुर पर्ललाई हेल्लो भन्नुस् ।