केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि चितवनमा प्याराग्लाइडिङ्ग उडान अनुमति प्राप्त

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १,आजदेखि सफारी पर्यटनमा परिचित चितवनमा प्याराग्लाइडिङको व्यावसायिक उडान अनुमति प्राप्त भएको छ ।

DCIM100GOPROG0026781.

साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु गरिएको हो ।

चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिए ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।

उनले प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शल्क लिइएको बताए । १० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् ।

 

 

प्रकाशित : 14 April, 2023

प्रतिक्रिया दिनुहोस्