वैशाख ९ गते गण्डकी प्रदेश सभाको संसद् अधिवेशनको आह्वान

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संसद् अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङले शुक्रवार विज्ञप्ति निकालेर यही वैशाख ९ गते शनिवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

बिहीवारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।

 

प्रकाशित : 14 April, 2023

प्रतिक्रिया दिनुहोस्