बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

सहयात्रा टिभी

काठमाडौं । बैशाख २,  माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले बताए ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको ५ ।

गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता पुन भने उपचारका लागि चीनमा छन् ।

प्रकाशित : 15 April, 2023

प्रतिक्रिया दिनुहोस्