नेप्सेमा एकल अंकको गिरावट

काठमाडौं । बैशाख ३, नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ ।
दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ ।
गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आइतबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन ।
आइतबार सेयर बजारमा कुल २१९ कम्पनीको सेयर कारोबारमा आउँदा १३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर हुँदा ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।