सशस्त्रका हवल्दार केसीले आफैंले गोली हानी गरे आत्महत्या

सहयात्रा टिभी

दाङ । बैशाख ४, दाङको तुलसीपुरमा रहेकाे कारागारमा तैनाथ सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

कारागारको सुरक्षामा खटिएका हवल्दार केसीले आइतबार राति आफैंलाई गोली हानेका हुन् । तुलसीपुर ८ टिकरीका ३५ वर्षीय हवल्दार केसीले आफैंलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार राति पौने ९ बजे डियुटीमै रहेका बेलामा कञ्चटमा गोली हानेर हवल्दार केसीले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्