महानगरले नउठाएपछि सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, काठमाडौं महानगरले फोहोर नउठाएपछि सिंहदरबारले फोहोर वर्गीकरण गरेर सिंहदरबार भित्रै व्यवस्थापनको विकल्पको खोजि गरेको छ ।

 

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिका घिमिरे बताउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको आइतबार ९ दिन भइसकेको छ ।

तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन ।

फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ।

सिंहदरबार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरेको हो ।

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्