प्रमुख तिन दलका नेताबीच संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, प्रमुख तिन दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको जानकारी प्राप्त भएकोय छ ।

ओली निवासमा आज बिहान भएको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्