धनगढीको ६ लेन सडकमा पनि ट्राफिक संकेतहरु

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राखेको जनाएको छ ।

६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा सांकेतिक चिह्न अंकित बोर्ड लगाइरहेका छन् ।

प्रमुख ट्राफिक प्रहरी निरीक्षक जोहोरीले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्ह्रहरु राख्न लागिएको जानकारी दिए ।

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्