आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भई संक्रमणबाट थप एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्