केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको खेल सुरु

सहयात्रा टिभी

काठमाडौं । बैबाख ५, शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौँ चरणको खेल सुरु हुँदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ । खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ ।

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् । यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ ।

मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ स्थानमा छ ।

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्